सुनचाँदीको मूल्यमा गिरावट

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ६, बुधबार ११:१७

विराटनगर । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकै दिन तोलाको ३ हजार ३ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै सुन प्रतितोला २ लाख ९२ हजार रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य तोलाको २ लाख ९५ हजार ३ सय रूपैयाँ थियो ।

Advertisement

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ सय २५ रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी तोलाको ४ हजार ९ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ८५ रूपैयाँ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.