भारतबाट ६ बालबालिकाको उद्धार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ६, बुधबार १३:४८
भारतबाट ६ बालबालिकाको उद्धार

विराटनगर । भारतका विभिन्न ठाउँबाट ६ जना नेपाली बालबालिकालाई उद्धार गरी उनीहरूको परिवारको जिम्मा लगाइएको छ । ‘किन इन्डिया’ को सहयोग र बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ विराटनगरको सक्रियतामा ती बालबालिकाको उद्धार गरिएको हो ।

गत वैशाख ४ गते उद्धार गरिएका ६ बालबालिकामध्ये कोसी प्रदेशका ३ बालिका र १ बालक रहेका छन् भने मधेस प्रदेशका २ जना बालक रहेका छन् ।

Advertisement

उद्धार गरिएका सबै बालबालिकालाई नेपाल प्रहरी प्रदेश कार्यालय धरानको रोहबरमा औपचारिक प्रक्रिया पूरा गरी उनीहरूका अभिभावकको जिम्मा लगाइएको बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र विराटनगरले जनाएको छ ।

विभिन्न कारणले सीमा पार पुगेका र भारतका बालगृहमा आश्रय लिइरहेका यी बालबालिकाहरूलाई स्वदेश फर्काएर परिवारसँग मिलन गराइएपछि उनीहरूका अभिभावकहरूमा खुसी छाएको छ ।

हराएका वा अलपत्र परेका बालबालिकाहरूको खोजी र उद्धार कार्यमा समन्वय केन्द्रले निरन्तर काम गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.