प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बस्ने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ६, बुधबार १३:५६

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने भएको छ ।

सभामुख डीपी (डोलप्रसाद) अर्यालले बुधबार सम्पन्न आठौँ बैठकका सबै कार्यसूचीहरू टुंगिएपछि स्थगित गरेर अर्को बैठकको समय घोषणा गरेका हुन् । बुधबारको बैठकमा निर्वाचन प्रणालीसँग सम्बन्धित दुई महत्वपूर्ण संशोधन विधेयक सदनमा प्रस्तुत गरिएको थियो ।

Advertisement

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ती विधेयकहरू सदनमा पेस गरेकी हुन् । मन्त्री गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्दै प्रस्ताव पेस गरेकी थिइन् ।

त्यसपछि उक्त विधेयक औपचारिक रूपमा प्रतिनिधिसभामा दर्ता गरिएको हो । साथै, उनले ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पनि सदनसमक्ष पेस गरेकी छन् ।

२०८२ सालमा निर्वाचित प्रतिनिधिसभाको दोस्रो अधिवेशनअन्तर्गत बसेको बुधबारको बैठकमा दुवै विधेयकसँग सम्बन्धित चारवटा कार्यसूची समावेश गरिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.