झापामा घाइते अवस्थामा भेटिएको जंगली साँढे गोरुको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ६, बुधबार १४:५०

झापा । झापाको मेचीनगर नगरपालिका–६ भट्टराईचोकमा घाइते अवस्थामा फेला परेको जंगली साँढे गोरुको मृत्यु भएके छ ।

गौर प्रजातिको जंगली गोरु बुधबार बिहान ७ः३० बजेतिर नेहा बेकरी अगाडि सडक छेउमा घाइते भएर सुतेको अवस्थामा फेला परेको थियो । घाइते अवस्थामा साँढे गौरलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

सूचना प्राप्त भएपछि प्रहरी र वन कार्यालयको टोली घटनास्थल पुगेको थियो । उपचार तथा उद्धारको तयारी भइरहेका बेला बिहान करिब ८ः३० बजे उक्त गोरुको मृत्यु भएको झापा प्रहरीका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

उनका अनुसार मृत जंगली साँढे गोरुलाई आवश्यक प्रक्रिया पूरा गरी डिभिजन वन कार्यालय धाईजनको टोलीले सतगतका लागि लिएर गएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बाहिरी चोटपटक नदेखिएका कारण गौर कसरी घाइते भयो भन्ने यकिन हुन नसकेको डीएसपी खड्काको भनाइ छ । गौर नेपालमा पाइने संरक्षित वन्यजन्तुमध्येमा पर्छ ।

नेपालमा गौर मुख्यतः तराई र चुरे क्षेत्रका जंगलमा पाइन्छ । विशेष गरी चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रमा देखिने गरेको छ। भारत, भुटान, थाइल्यान्ड लगायत दक्षिण तथा दक्षिण–पूर्वी एशियाका जंगलमा पनि यो पाइन्छ ।

वन विज्ञहरुका अनुसार गौर सामान्यतया मानिसमाथि आक्रमण गर्ने जनावर होइन । तर, डराएमा, घाइते भएमा वा बच्चा जोगाउने अवस्थामा निकै आक्रामक बन्न सक्छ। त्यसैले जंगल वा बस्ती नजिक देखिएमा वन कार्यालय वा वन्यजन्तु प्राविधिकलाई खबर गर्नुपर्ने विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार वन विनाश, मानव अतिक्रमण र चोरी सिकारीका कारण यसको संख्या घट्दै गएको छ ।

तपाइको प्रतिक्रिया
कचनकवलमा आगलागी : दुई घर जल्यो, १७ लाख बराबरको क्षति
रुबी खान र सरकारबीच ५ बुँदे सहमति, २३ औँ दिनमा अनसन तोडियो
रुबी खान र सरकारबीच ५ बुँदे सहमति
बुद्ध एयरको दुर्घटनाग्रस्त जहाज १० दिनभित्र हटाइने 
बुद्ध एयरको दुर्घटनाग्रस्त जहाज १० दिनभित्र हटाइने 
फोटो पत्रकार पूर्णिमा श्रेष्ठद्वारा छैटौँ पटक सगरमाथाको सफल आरोहण
फोटो पत्रकार पूर्णिमा श्रेष्ठद्वारा छैटौँ पटक सगरमाथाको सफल आरोहण
दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोप २ युवा पक्राउ
दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोप २ युवा पक्राउ
बेइजिङमा रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता
झापामा घाइते अवस्थामा भेटिएको जंगली साँढे गोरुको मृत्यु
अदालतको अपहेलना मुद्दामा युट्युबरलाई जेल सजाय
विराटनगरबाट भन्सार छलीको प्रोटिन पाउडर बरामद
बैंकका सिइओसहित चार उच्च अधिकारीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता
बैंकका सिइओसहित चार उच्च अधिकारीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.