बुद्ध एयरको दुर्घटनाग्रस्त जहाज १० दिनभित्र हटाइने 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ६, बुधबार १६:५५
बुद्ध एयरको दुर्घटनाग्रस्त जहाज १० दिनभित्र हटाइने 

झापा । झापाको चन्द्रगढी विमानस्थलको धावनमार्ग नजिकै रहेको बुद्ध एयरको दुर्घटनाग्रस्त जहाजको अवशेष आगामी १० दिनभित्र हटाइने भएको छ । चार महिनाअघि अवतरणका क्रममा दुर्घटनामा परेको ‘कल साइन ९०१’ जहाजलाई व्यवस्थापन गर्न लागिएको हो ।

गत पुस १८ गते राति काठमाडौंबाट आएको बुद्ध एयरको उक्त जहाज धावनमार्गको पश्चिमी किनारबाट चिप्लिएर खोल्सीमा खसेको थियो । ५१ जना सवार उक्त जहाज दुर्घटनामा चालक दलका सदस्यसहित सात जना घाइते भएका थिए ।

Advertisement

दुर्घटनापछि जहाजको अवशेषलाई त्रिपालले छोपेर घटनास्थलमै राखिएको थियो । धावनमार्गको छेउमै दुर्घटनाग्रस्त जहाज देखिँदा उडान भर्ने यात्रुहरूमा मनोवैज्ञानिक त्रास र असहजता बढ्ने गरेको भन्दै लामो समयदेखि गुनासो आउने गरेको थियो ।

चन्द्रगढी विमानस्थल कार्यालयका प्रमुख किशोरकुमार खत्रीका अनुसार प्राविधिक अनुसन्धान र बिमा कम्पनीको मूल्यांकन प्रक्रियाका कारण जहाजको अवशेष हटाउन समय लागेको हो । ‘दुर्घटना जाँचबुझ समिति र बिमा कम्पनीले आवश्यक सबै प्रक्रिया पूरा गरिसकेका छन्,’ प्रमुख खत्रीले भने, ‘त्यसैले अबको १० दिनभित्र जहाजको सबै अवशेष पूर्ण रूपमा व्यवस्थापन गरिने छ ।’

जहाज हटाउने स्वीकृत प्रक्रियाअनुसार हाल दुर्घटनाग्रस्त विमानको बडीबाट ‘बुद्ध एयर’को नाम, लोगो तथा अन्य पहिचान खुल्ने चिह्नहरू मेटाउने कार्य सम्पन्न भइसकेको छ । अहिले विमानको ढाँचा मात्र देखिए पनि कम्पनीको पहिचान खुल्ने कुनै चिह्न बाँकी नरहेको विमानस्थल प्रशासनले जनाएको छ ।

बिमा कम्पनी आफैँले आगामी १० दिनभित्र उक्त अवशेष पूर्ण रूपमा हटाउने जिम्मा लिएको छ । यो कार्य सम्पन्न भएसँगै विमानस्थलमा यात्रुहरूले महसुस गर्ने मनोवैज्ञानिक डर अन्त्य हुने र विमानस्थल थप व्यवस्थित देखिने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
देवानगन्जको तनाव नियन्त्रणमा, २० भन्दा बढी घर तथा पसलमा क्षतिको अनुमान
सुनसरीका १० स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यु
भद्रपुरमा एक युवती आफ्नै घरमा मृत फेला, माइती पक्षद्वारा घटना शंकास्पद भएको दाबी
भद्रपुरमा एक युवती आफ्नै घरमा मृत फेला, माइती पक्षद्वारा घटना शंकास्पद भएको दाबी
सुनसरीको देवानगन्जमा भीषण हुलदंगा र झडप : स्थिति पूर्णरूपमा तनावग्रस्त, अवस्था सुरक्षा नियन्त्रणबाहिर
कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी खनालद्वारा प्रहरी कर्मचारीहरूलाई विशेष निर्देशन
कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी खनालले दिए प्रहरी कर्मचारीहरूलाई विशेष निर्देशन
सुनसरी घटनाप्रति प्रलोपाको ध्यानाकर्षण, उच्चस्तरीय छानबिन र क्षतिपूर्तिको माग
देवानगन्ज घटनाका घाइतेलाई स्वास्थ्यमन्त्रीले भेटिन्, उपचारमा कमी हुन नदिने प्रतिबद्धता
सडक अवरुद्ध हुँदा मूल्यवृद्धि, बेली ब्रिज जडान गर्ने तयारी
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाही नियुक्त
उद्योगी शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न अदालतको आदेश
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×