
विराटनगर । कोशी प्रदेश सरकारकाे वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठकमा आज सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । हिक्मतकुमार कार्कीको नेतृत्वको सरकारले कृषि, पर्यटन, पूर्वाधार र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारेको जनाएकाे छ ।
नीति तथा कार्यक्रमकै आधारमा सरकारले आगामी असार १ गते आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट ल्याउने छ ।



















