प्रतिनिधिसभा केही दिनलाई स्थगित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ७, बिहीबार १९:२३

काठमाडौं । प्रतिनिधिसभाको बैठक केही दिनलाई स्थगित गरिएको छ । आगामी मंगलबार अर्थात् जेठ १२ गतेसम्मका लागि स्थगित गरिएको हो ।

बिहीबारको बैठकमा विपक्षी दलहरूले नाराबाजी गर्दै सदन अवरुद्ध पारेपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक स्थगित गरेका हुन् । अर्को बैठक मंगलबार बिहान ११ बजे बस्ने छ ।

Advertisement

सदनमा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षीले नाराबाजी गरे पनि सभामुखले प्रक्रिया अघि बढाएका थिए । तर, विपक्षीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सदनमा नआएसम्म अवरोध जारी राख्ने बताएका छन् ।

सदनको कार्यसूची प्रभावित भएपछि बैठक स्थगनले राजनीतिक वातावरणमा थप तनाव देखिएको छ । सरकार र विपक्षबीच संवाद एवं सहमतिको वातावरण नबनेसम्म संसदको नियमित कामकाज सुचारु हुने सम्भावना कमजोर देखिएको छ ।

सभामुखले दलहरूलाई छलफलमार्फत विवाद समाधान गरी सदनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गर्दै बैठकलाई केही दिनका लागि स्थगित गरिएको जानकारी दिएका छन् । तत्काल राजनीतिक सहमति नबने आगामी दिनमा अवस्था झन् तनावपूर्ण हुने देखिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.