महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ८, शुक्रबार १८:०७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका छन् ।

केन्द्रीय कार्यालय टेकुमा शुक्रबार सम्पन्न निर्वाचनबाट महासंघको आगामी कार्यकालका लागि नेतृत्व संरचना औपचारिक रूपमा पूर्ण भएको छ । वरिष्ठ उपाध्यक्षका लागि सुरकृष्ण वैद्य, रामचन्द्र संघाई र हेमराज ढकालले उम्मेदवारी दिएका थिए ।

Advertisement

ढकालले उम्मेदवारी फिर्ता लिएपछि वैद्य र संघाईबीच प्रतिस्पर्धा भएको थियो । अन्ततः निर्वाचन प्रक्रियाबाट वैद्य विजयी भएका हुन् ।

त्यस्तै, कोषाध्यक्षमा मनिषलाल प्रधान र अम्बिकाप्रसाद पौडेलबीच प्रतिस्पर्धा भएको थियो । आर्थिक व्यवस्थापन, लेखा प्रणाली र संस्थागत वित्तीय अनुशासनसँग सम्बन्धित यस पदमा प्रधान निर्वाचित भएका हुन् ।

यसैबीच महासंघका अध्यक्ष अन्जन श्रेष्ठले दुई जना महिलासहित छ जना केन्द्रीय सदस्य मनोनित गरेका छन् । मनोनित सदस्यहरूमा शिवप्रसाद घिमिरे, मनिषलाल प्रधान, नवीन रिजाल, गोकर्ण कार्की, दर्शना श्रेष्ठ र सहारा जोशी रहेका छन् ।

विधानअनुसार सबै समूहको प्रतिनिधित्व सुनिश्चित गर्दै कम्तीमा दुई महिलासहित सात जना सदस्य मनोनित गर्न सकिने व्यवस्था रहेको छ । बाँकी एक सदस्य पदमा मनोनयन प्रक्रिया पूरा हुन बाँकी रहेको जनाइएको छ ।

नवनिर्वाचित तथा मनोनित पदाधिकारीलाई अध्यक्ष श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराएका छन् । सो अवसरमा उनले निजी क्षेत्रको हकहित संरक्षण र देशको आर्थिक विकासका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए । महासंघले उद्योगी व्यवसायीका समस्या समाधान गर्दै आर्थिक विकासमा सक्रिय भूमिका खेल्ने उनले उल्लेख गरे ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था रहेको छ । जसअनुसार अन्जन श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका थिए । आगामी कार्यकालदेखि भने अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने व्यवस्था लागू हुने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
अनलाइन स्क्याम केन्द्रमा फसेका ६८७ नेपालीको उद्धार
जीवन विकास अस्पतालमा एमआरआई र सिटी स्क्यान सेवा सुरु 
जीवन विकास अस्पतालमा एमआरआई र सिटी स्क्यान सेवा सुरु 
मोरङमा लागुऔषधविरुद्धको महाअभियान सुरु हुँदै, शून्य सहनशीलताको नीतिसहित अघि बढ्ने तयारी
दुर्गा प्रसाईंको रिट खारेज
रवि, जीबी र छविविरुद्धका दुई अभियोग हटाइयो, सहकारी ठगी मुद्दा मात्रै कायम
अलैँची, अदुवा र बेसारको उत्पादन वृद्धि र निर्यात प्रवर्द्धनमा जोड
अलैँची, अदुवा र बेसारको उत्पादन वृद्धि र निर्यात प्रवर्द्धनमा जोड
महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित
१० वर्ष कैद तोकिएका अभियुक्त भद्रपुरबाट पक्राउ
विराटनगरमा नमुना संयुक्त राष्ट्र संघ सम्बन्धी सम्मेलन
विराटनगरमा नमुना संयुक्त राष्ट्र संघ सम्बन्धी सम्मेलन
‘जनताको असन्तुष्टि निर्वाचनमा पोखियो’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.