देशका धेरै भू–भागमा वर्षाको सम्भावना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ९, शनिबार ०६:३८

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक सक्रिय न्यून चापीय क्षेत्रको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका विभिन्न क्षेत्रमा वर्षा, मेघगर्जन, चट्याङ र तातो लहरको सम्भावना छ । आज (शनिबार) बिहानैबाट कोशी प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ ।

Advertisement

मधेश प्रदेशमा आंशिक बदली देखिएको छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । यतिबेला गण्डकी प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना रहेको छ । मधेश प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ भने अधिकांश तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

मौसमविद्का अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा समेत वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

विशेषगरी गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । वर्षासँगै पहाडी क्षेत्रमा भू–क्षय, पहिरो तथा सडक अवरोधको जोखिम समेत बढ्न सक्ने मौसमविद्को भनाइ छ ।

यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा तातो दिनको प्रभाव कायम रहने तथा तराई भू–भागमा तातो लहर चल्न सक्ने सम्भावना रहेको जनाइएको छ । अत्यधिक गर्मीका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।

राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ । बाँकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा मौसम सफा रहने पूर्वानुमान छ ।

रातिको समयमा कोशी र मधेश प्रदेशका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ । कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हिमपातको सम्भावना समेत रहेको छ ।

यसैगरी, कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा रातिको समयमा भारी वर्षा हुन सक्ने भएकाले नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया
हिमाल चढ्ने सशस्त्र प्रहरीका दुई महिलालाई बढुवा गरिने
पाँचथरको याङ्वरकमा बाढी-पहिरोको वितण्डा
कोइराला निवासबाट गगन थापाले भने, ‘भदौ २४ को घटनालाई सरकारले ढाकछोप गर्न खोज्यो’
युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती मनाइँदै
झापा कारागारका कैदीको मृत्यु, तीनवटा अस्पतालको प्रयास असफल
बस यात्रामा नयाँ सुरक्षा अभ्यास, अब लगेजमा ट्याग अनिवार्य
तुल्सी गब्बार्डले अमेरिकी गुप्तचर प्रमुख पद छोडिन्, पारिवारिक कारण देखाउँदै राजीनामा
भारतमा बढ्यो पेट्रोलियमको मूल्य
एमाले सचिवालय बैठक बस्दै, नेतृत्व हस्तान्तरणको बहस तीव्र
इरानमाथिको हमलाले अमेरिकी सुरक्षा साझेदारी संकटमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.