बस यात्रामा नयाँ सुरक्षा अभ्यास, अब लगेजमा ट्याग अनिवार्य

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ९, शनिबार ०७:४१

काठमाडौं । उपत्यकाबाट चल्ने लामो दूरीका सार्वजनिक बसमा यात्रुको झोला सुरक्षित राख्न नयाँ ‘लगेज ट्याग’ प्रणाली लागू हुने भएको छ ।

यात्रुको सामान हराउने, साटिने र चोरी हुने समस्या नियन्त्रण गर्न भन्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासंघबीच सम्झौता भएको हो । जेठ १५ गतेदेखि लागू हुने यस व्यवस्थाअन्तर्गत यात्रुले बस काउन्टरमा आफ्नो लगेज दर्ता गर्दा विशेष नम्बर वा कोडसहितको ट्याग पाउनेछन् ।

Advertisement

सोही नम्बरको आधारमा गन्तव्यमा पुगेपछि मात्र सामान बुझाइनेछ । यात्रु र सामानको ट्याग मिलाएपछि मात्रै झोला हस्तान्तरण गरिने भएकाले गलत व्यक्तिले सामान लैजाने समस्या अन्त्य हुने अपेक्षा गरिएको छ ।

ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीका अनुसार लामो दूरीका यात्रामा बढ्दै गएको झोला हराउने र अवाञ्छित गतिविधि नियन्त्रण गर्न यो प्रणाली प्रभावकारी हुनेछ । यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले यसलाई बस सेवामा आधुनिक व्यवस्थापनतर्फको महत्वपूर्ण कदम बताएका छन् ।

सुरुवाती चरणमा लामो दूरीका बसमा लागू हुने यो प्रणालीलाई भविष्यमा डिजिटल र क्यूआर कोडसँग जोड्ने तयारी पनि गरिएको छ । यात्रु सुरक्षालाई प्राथमिकतामा राख्दै यो अभ्यासले सार्वजनिक यातायातप्रतिको विश्वास बढाउने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
हिमाल चढ्ने सशस्त्र प्रहरीका दुई महिलालाई बढुवा गरिने
पाँचथरको याङ्वरकमा बाढी-पहिरोको वितण्डा
कोइराला निवासबाट गगन थापाले भने, ‘भदौ २४ को घटनालाई सरकारले ढाकछोप गर्न खोज्यो’
युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती मनाइँदै
झापा कारागारका कैदीको मृत्यु, तीनवटा अस्पतालको प्रयास असफल
बस यात्रामा नयाँ सुरक्षा अभ्यास, अब लगेजमा ट्याग अनिवार्य
तुल्सी गब्बार्डले अमेरिकी गुप्तचर प्रमुख पद छोडिन्, पारिवारिक कारण देखाउँदै राजीनामा
भारतमा बढ्यो पेट्रोलियमको मूल्य
एमाले सचिवालय बैठक बस्दै, नेतृत्व हस्तान्तरणको बहस तीव्र
इरानमाथिको हमलाले अमेरिकी सुरक्षा साझेदारी संकटमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.