फाइल फाेटाेविराटनगर । मोरङकाे डाइनियामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार सुनवर्षी नगरपालिका–९, चन्दनखाडी बस्ने ५० वर्षीय देवीलाल शर्माकाे मृत्यु भएकाे हाे ।
आइतबार सुनवर्षी नगरपालिका–९, डाइनिया चोकमा प्र.१–०२–०५७ प८४८७ नम्बरको मोटरसाइकलले ठक्कर दिएकाे थियाे । ठक्करबाट गम्भीर घाइते भएका उनको जीवन विकास सामुदायिक अस्पताल कटहरीमा उपचारको क्रममा साेमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कटहरी गाउँपालिका– ३ बस्ने २८ वर्षीय सुरजकुमार मण्डलको सोही अस्पतालमा उपचार भइरहेको छ ।

























