बिर्तामोडबाट भन्सार छलीका कपडा बरामद

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ११, सोमबार १८:४५

झापा । झापाको बिर्तामोड नगरपालिका–८ कटहरबारीस्थित सडक छेउबाट भन्सार छलीका कपडा बरामद भएको छ । प्रहरीका अनुसार बेवारिसे अवस्थामा कपडा बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले सडक किनारमा शंकास्पद रूपमा राखिएको कपडा सोमबार दिउँसो २ बजेतिर बरामद गरेको छ । प्रहरीका अनुसार सेतो सेन्डो भेष्ट, एडिडास हाफपाइन्ट, धारी हाफपाइन्ट, सादा हाफपाइन्ट, जिन्स पाइन्ट, कटन पाइन्ट, साडी, बक्सर हाफपाइन्ट, सर्टलगायतका कपडा बरामद गरिएको हो ।

Advertisement

प्रहरीले २ लाख ५९ हजार ९ सय रूपैयाँ बराबरको कपडा बरामद गरिएको जनाएको छ । भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याइएका कपडा कसले ल्याएको र कहाँसम्म लैजान खोजेको हो भनेर यकिन छैन ।

कपडा तस्करीमा संलग्नको प्रहरीले खोजी गरिरहेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको र बरामद गरिएको कपडा भन्सार कार्यालयमा बुझाइने जानकारी प्रहरीले दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.