
विराटनगर । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेको हो ।
भाउ घटेसँगै सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँ पुगेको छ । सोमबार सुनको मूल्य तोलाको २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य ९० रुपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।



















