हावाहुरीले उडाएको जस्तापाता मोटरसाइकलमा ठोक्किँदा दुहबीमा युवकको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १२, मंगलबार १५:०३

विराटनगर । सुनसरीको दुहबीमा हावाहुरीका कारण उडेर आएको जस्तापाता (कर्कट पाता) मोटरसाइकलमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ । मंगलबार राति करिब १० बजे दुहबी नगरपालिका–४ मलहटीस्थित भित्री सडकखण्डमा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मोरङको बूढीगंगाबाट दुहबीतर्फ जाँदै गरेको को २९ प ८५४६ नम्बरको मोटरसाइकलमा वर्षासँगै आएको हावाहुरीले उडाएर ल्याएको जस्तापाता ठोक्किएको थियो । जस्तापाता मोटरसाइकलमा ठोक्किएपछि मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक दुहबी–४ का २८ वर्षीय मोहम्मद जाहिद गम्भीर घाइते भएका थिए ।

Advertisement

घटनाका बारेमा स्थानीयले राति १०ः३० बजे इलाका प्रहरी कार्यालय दुहबीलाई जानकारी गराएका थिए । त्यसपछि असई पुखमान कटुवालको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घाइते जाहिदलाई तत्काल उद्धार गरी उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल पठाइएको थियो । तर, अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाइएको छ । दुर्घटनामा परेको मोटरसाइकल चल्न नसक्ने अवस्थामा पुगेपछि स्थानीयको घरमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थल इलाका प्रहरी कार्यालय दुहबीबाट करिब डेढ किलोमिटर उत्तर–पूर्वमा पर्छ । इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर शिवराम थापा नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
जगदीश खरेलको ‘तमासा’ टिप्पणीले संसद ततायो, नेकपाद्वारा रेकर्डबाट हटाउन माग
झूटो बकपत्र गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
झूटो बकपत्र गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा
मोरङ र सुनसरीमा हावाहुरीले पोल ढाल्दा विद्युत अवरुद्ध
नागरिकको जीवनस्तर उकास्न सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री
सरकारले बहुमतको दम्ब देखायाे : कांग्रेस
प्रधानमन्त्रीको प्रतीक्षामै संसद् चल्यो, अवरोधबीच सभामुखले अघि बढाए कार्यसूची
एमालेभित्र ‘महासमीक्षा’को बहस, ऋषिकेशको ‘पुनरुत्थान’ प्रस्ताव
हावाहुरीले उडाएको जस्तापाता मोटरसाइकलमा ठोक्किँदा दुहबीमा युवकको मृत्यु
हर्क साम्पाङको तस्बिर अनिवार्य
प्रधानमन्त्री बालेनविरुद्ध उजुरी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.