बेंगलुरु आईपीएल २०२६ को फाइनलमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १३, बुधबार ०७:२०

काठमाडौं । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु आईपीएल २०२६ को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्‍वालिफायर खेलमा गुजरात टाइटन्समाथि ९२ रनको जित निकाल्दै बेंगलुरु फाइनलमा पुगेको हो । बेंगलुरुले दिएको २५५ रनको विशाल लक्ष्य पछ्याएको गुजरात १९.३ ओभरमा १६२ रनमा अलआउट भयो ।

बेंगलुरुका लागि जेकब डफीले ३ विकेट लिए भने भुवनेश्वर कुमार, रसिख सलाम र क्रुनाल पान्ड्याले २-२ तथा जोश हेजलवूडले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ५ विकेट गुमाएर २५४ रन बनाएको थियो । कप्तान रजत पाटिदारले शानदार ब्याटिङ गर्दै ३३ बलमा अविजित ९३ रन बनाए ।

Advertisement

पाटिदारले ९ छक्का र ५ चौका प्रहार गरेका थिए । २० रनमा खेलिरहँदा जीवनदान पाएका पाटिदारले त्यसपछि थप ७३ रन जोडे । विराट कोहली र क्रुनाल पान्ड्याले समान ४३ रन बनाए । भेनकटेश अय्यरले १९ रन बनाउँदा जितेश शर्मा १५ रनमा अविजित रहे । गुजरातका लागि कगिसो रबाडा र जेसन होल्डरले २-२ विकेट लिँदा प्रसिध कृष्णाले १ विकेट लिए ।

जितसँगै बेंगलुरु सिधै फाइनलमा पुगेको छ भने पराजित गुजरातलाई अझै एक मौका हुनेछ । आईपीएलमा बुधबार सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीच इलिमिनेटर खेलमा प्रतिस्पर्धा हुनेछ । इलिमिनेटरको विजेताले गुजरातसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.