सर्वोच्चका न्यायाधीश श्रेष्ठलाई बोनम्यारो क्यान्सर, उपचारका लागि सहयाेग आह्वान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १३, बुधबार ११:४१

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ गम्भीर बोनम्यारो क्यान्सर भएको छ । भारतको नयाँ दिल्लीस्थित राजिव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचाररत उनको स्वास्थ्य अवस्था गम्भीर छ ।

न्यायपालिका अधिकृत समाजले मंगलबार सूचना जारी गर्दै न्यायाधीश श्रेष्ठ गम्भीर स्वास्थ्य समस्यासँग संघर्षरत रहेको जनाएको हो ।

Advertisement

जटिल राेगसँग लडिरहेका श्रेष्ठका लागि न्यायपालिकामा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई स्वेच्छिक रूपमा आर्थिक सहयोग गर्न पनि अपिल गरिएको छ । न्यायाधीश श्रेष्ठको उपचारमा अत्यधिक खर्च हुने अवस्था आएपछि सहयोग अपिल भएकाे बताइएकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.