स्वास्थ्य बीमा बोर्डले दिने औषधि पनि कटौती

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १३, बुधबार १२:१९
स्वास्थ्य बिमामा नयाँ नियम : बहिरंग सेवामा वार्षिक २५ हजारको सीमा तोकियो

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमितलाई दिने औषधि पनि कटौती गरेको छ।

अहिलेसम्म २८९ किसिमका औषधि दिँदै आएको बोर्ड अब १७० किसिमका मात्रै औषधि दिने निर्णय गरेको हो ।

Advertisement

बोर्डले स्वास्थ्य उपचारका लागि ‘सुविधा थैली’ को दररेट परिवर्तन गरेको छ ।

स्वास्थ्य बीमा लागू भएपछि पहिलो पटक बोर्डले औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालको परीक्षणको सुविधा थैली दररेट परिवर्तन गरेको हो ।

बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिमार्जित नयाँ दरअनुसार औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालको परीक्षण शुल्क लिन निर्देशन दिएको बताइन् ।

नयाँ सुविधा थैलीको दररेठ यही जेठ १६ गतेदेखि लागू हुनेछ । बाेर्डले आर्थिक चाप देखाउँदै निजी अस्पतालमा अत्यावश्यक बाहेक स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको थियोे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.