तरकारीको ‘समर्थन मूल्य’ तोकेर अनुदान दिन सुरु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १३, बुधबार १५:११
 तरकारीको ‘समर्थन मूल्य’ तोकेर अनुदान दिन सुरु

झापा । मिहिनेत गरेर उब्जाएको तरकारीले बजारमा उचित मूल्य नपाउँदा देशभरका किसान मारमा परिरहेका बेला झापाको बिर्तामोड नगरपालिकाले भने उदाहरणीय कार्य सुरु गरेको छ । नगरपालिकाले तरकारीको ‘न्यूनतम समर्थन मूल्य’ तोकेर किसानलाई लागत अनुदान उपलब्ध गराउन थालेपछि यहाँका किसानहरू उत्साहित भएका छन् ।

उत्पादन लागतसमेत उठाउन नसकेर तरकारी बारीमै कुहाउनुपर्ने बाध्यता अन्त्य गर्न नगरपालिकाले यो नीति ल्याएको हो । नगरपालिकाले विभिन्न २६ जातका तरकारीको समर्थन मूल्य निर्धारण गरेको छ। किसानले बजारमा तरकारी बिक्री गर्दा तोकिएको न्यूनतम मूल्यभन्दा कम पाएमा, त्यसबापतको घाटा रकम नगरपालिकाले ‘लागत अनुदान’का रूपमा उपलब्ध गराउने व्यवस्था छ ।

Advertisement

बिर्तामोडका किसान प्रदीप खनालले गत वर्ष उनले उत्पादन गरेको बोडी र काउलीले बजारमा राम्रो मूल्य पाएन । तर, नगरपालिकाले तोकेको संकलन केन्द्रमा आफ्नो उत्पादन बुझाएका खनाललाई नगरपालिकाले ५ लाख ३४ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको बताए ।

बजार मूल्य कम भए पनि नगरपालिकाबाट क्षतिपूर्ति पाएपछि खनालले अहिले थप जमिन भाडामा लिएर व्यावसायिक तरकारी खेती विस्तार गरेको बताए ।

बिर्तामोडका २४ जना किसानले गत वर्ष यस्तो अनुदान प्राप्त गरेका थिए । यस कार्यक्रमका लागि नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो भने कार्यक्रमको प्रभावकारितालाई हेर्दै चालु आर्थिक वर्षमा उक्त बजेट बढाएर २० लाख पुर्‍याइएको नगरपालिकाले जनाएको छ ।

किसानमुखी योजना बनाउन अन्य स्थानीय तह र सरकारहरू चुकिरहेका बेला बिर्तामोडको यो कदमले किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित मात्र गरेको छैन, तरकारीको आयात प्रतिस्थापनमा समेत ठुलो टेवा पुर्‍याउने विश्वास गरिएको छ। अब बिर्तामोडका किसानलाई आफ्नो उत्पादनले बजार नपाउला कि वा घाटा होला कि भन्ने चिन्ता हटेको बताइएको छ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणाप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलले बुधबारको प्रदेशसभा बैठक अवरुद्ध गरेकाे छ । मंगलबार सभामुख अम्बरबहादुर विष्टले संशोधनको समय नदिई नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको घोषणा गरेपछि विवाद सुरु भएको हो । बुधबारको बैठकमा विपक्षी नेता इन्द्रबहादुर आङ्बोले संसदीय परम्परा मिचिएको भन्दै सर्वसम्मत नभई बहुमतका आधारमा पारित भएको रेकर्ड राख्न माग गरे । सभामुखले बैठक अघि बढाउन खोज्दा विपक्षी सांसदहरूले रोष्टम घेराउ गरे । सोही क्रममा नेकपा सांसद तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले जबरजस्ती रोष्टममा पुगेर माइक फाल्ने प्रयास गरेका थिए । त्यसपछि उनलाई मर्यादापालकले रोकेका थिए । सभामुख विष्टले प्रदेशसभा नियमावली अनुसार नै सर्वसम्मतिले पास भएको दाबी गरे पनि विपक्षीले लगातार सांसद अवरुद्ध गरिरहेका छन् । ००००० सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई स्वदेशमा मुद्दा परे सम्बन्धित देशकै नेपाली दूतावास वा कूटनीतिक नियोगबाट भिडियो कन्फ्रेन्समार्फत बयान र बकपत्र गर्न पाउने व्यवस्था गर्न फैसला गरेको छ । अष्ट्रेलियामा रहेकी एक नेपाली विद्यार्थीको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको अस्वीकारको आदेश बदर गर्दै न्यायाधीशद्वय हरि फुयाल र बालकृष्ण ढकालको इजलासले विदेशबाट सुनुवाई प्रक्रियामा भाग लिन पाउने फैसला गरेको हो । सर्वोच्चले प्रविधिको प्रयोगलाई संकुचित बनाउन नहुने र भविष्यमा आदेश उल्लंघन हुन सक्ने काल्पनिक आशंकामा कसैलाई प्रतिरक्षा गर्ने मौलिक अधिकारबाट वञ्चित गर्न नमिल्ने ठहर गरेको छ । यो फैसलाले वैदेशिक रोजगारी वा अध्ययनमा रहेका नेपालीहरूलाई न्यायमा सहज पहुँच पुग्ने विश्वास गरिएको छ । ०००० स्वास्थ्य बीमा बोर्डले आगामी जेठ १६ गतेदेखि निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिँदै आएका स्वास्थ्य बीमाका अत्यावश्यक बाहेकका सेवा स्थगित गर्ने निर्णय गरेको छ । बोर्डकी निमित्त कार्यकारी निर्देशक सकुन्तला प्रजापतिका अनुसार, गत जेठ ११ गते बसेको बोर्ड बैठकले निजी अस्पतालहरूमा आकस्मिक बाहेकका अन्य सबै बीमा सुविधाहरू अर्को निर्णय नभएसम्मका लागि बन्द गरिएको हो । स्वास्थ्य बीमा बोर्डको बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै यो निर्णय लिनुपरेको बोर्डले जनाएको छ ।
एनसेललाई गुणस्तर र वातावरण व्यवस्थापनमा अन्तर्राष्ट्रिय मान्यता
एसियन गेम्समा नेपालले चीनलाई हरायो
एसियन गेम्समा नेपालले चीनलाई हरायो
जेनजी आन्दाेलन : मानवअधिकार आयाेगकाे प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
सहयाेग संकलन राेकिदिन न्यायाधीश श्रेष्ठकाे आग्रह
 तरकारीको ‘समर्थन मूल्य’ तोकेर अनुदान दिन सुरु
तरकारीको ‘समर्थन मूल्य’ तोकेर अनुदान दिन सुरु
गोला प्रक्रिया फेरबदलकाे तयारी छैन : सर्वाेच्च अदालत
कोशी प्रदेशसभामा तनाव : पूर्वमुख्यमन्त्री राजेन्द्र राईद्वारा रोष्टमकाे माइक फाल्ने प्रयास
स्वास्थ्य बिमामा नयाँ नियम : बहिरंग सेवामा वार्षिक २५ हजारको सीमा तोकियो
स्वास्थ्य बीमा बोर्डले दिने औषधि पनि कटौती
आज पनि हर्क साम्पाङले देखाए प्लेकार्ड
सर्वोच्चका न्यायाधीश श्रेष्ठलाई बोनम्यारो क्यान्सर, उपचारका लागि सहयाेग आह्वान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.