
काठमाडौं । बोनम्यारो क्यान्सरकाे उपचार गरिरहेका सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको सहयाेग संकलन राेकिदिन आग्रह गरेका छन् । भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इष्टिच्युट एण्ड रिसर्च सेन्टरमा उपचार गरिरहेका उनले विज्ञप्ति जारी गरेर आफ्नो उपचारबारे जानकारी गराएका छन् ।
न्यायपालिका अधिकृत समाजले न्यायाधीश श्रेष्ठको उपचारका लागि स्वेच्छिक रुपमा आर्थिक सहयोगको आह्वान गरेको थियो । तर न्यायाधीश श्रेष्ठले बुधबार एक विज्ञप्ति जारी गरी आफ्नो उपचारका लागि भइरहेको आर्थिक संकलनको काम रोकिदिन आग्रह गरेका छन् । न्यायाधीश श्रेष्ठले विज्ञप्तिमा भनेका छन्, ‘आशा छ, तपाईंहरुले मेरो अनुरोधलाई स्वीकार गरी रकम संकलनको कार्य स्थगित गर्नुहुनेछ ।’
२०७८ साल चैत १५ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका श्रेष्ठ ६५ वर्षे उमेरहदबाट आगामी १४ भदौमा अवकाश हुँदैछन् ।

























