१५ लाख ९० हजार हेक्टरमा सिँचाइ सुविधा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १४, बिहीबार १४:३७

काठमाडौं । नेपालमा सिँचाइयोग्य क्षेत्रफल विस्तार हुँदै गएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मन्त्रालयगत प्रगति विवरणअनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सङ्घीयस्तरमा सञ्चालन गरेका आयोजनाबाट सिँचाइ सुविधा १५ लाख ९० हजार ३८८ हेक्टरमा पुगेको हाे ।

सिँचाइयोग्य भूमिमध्ये पाँच लाख ३२ हजार ६५५ हेक्टरमा वर्षभर नै सिँचाइ सुविधा उपलब्ध हुनेछ । वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध गराउनका लागि सरकारले केही ठूला र महत्वपूर्ण आयोजनाहरु अगाडि बढाएको छ ।

Advertisement

भूमिगत सिँचाइ आयोजनाबाट पाँच लाख ४६ हजार ४४८ हेक्टर सिञ्चित क्षेत्रफल विस्तार भएको छ ।

लिफ्ट र जलाशय सिँचाइ कार्यक्रमबाट छ हजार ८८ हेक्टर सिञ्चित क्षेत्रफल विस्तार भएको छ । ठूला तथा मझौला नदीमा एक हजार ५१८ किमी तटबन्ध निर्माण साथै तटबन्ध निर्माणबाट जम्मा १३ हजार ८९१ हेक्टर जग्गा उकास भएको छ ।

भूमिगत सिँचाइ आयोजनाबाट १० लाख ३७ हजार ८४८ हेक्टर सिञ्चित क्षेत्रफल विस्तार भएको छ । जल तथा मौसम विज्ञान विभागतर्फ १९२ जलमापन केन्द्र र ३५५ मौसममापन केन्द्र स्थापना र सञ्चालन भएको छ ।

नदी कटान डुबान तथा पहिरोको जोखिम व्यवस्थापनका लागि महाकाली, कर्णाली, नारायणी, कोशीलगायतका ठूला नदीमा नदी नियन्त्रण कार्यक्रमका लागि चालु आवमा पाँच अर्ब ५९ करोड विनियोजन गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.