भिनाजुको घर आएका युवकको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १६, शनिबार १२:००
भिनाजुको घर आएका युवकको मृत्यु

विराटनगर । मोरङको रंगेलीमा पाहुना आएका एक युवकको मृत्यु भएको छ । सुनवर्षी नगरपालिका–७ बरडंगाका ३२ वर्षीय दिनेश टुडुको उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

टुडु शुक्रबार साँझ ६ः३० बजेतिर रंगेली नगरपालिका–३ रंञ्जनीस्थित आफ्ना भिनाजु विशम किस्कुको घरमा पाहुना आएका थिए । भिनाजुको घर आएका टुडु साँझमा एक्कासी बेहोस भई लडेको बताइएको छ । उनलाई तत्कालै उपचारका लागि रंगेली अस्पताल पुर्‍याइए पनि चिकित्सकले साँझ ७ बजे मृत घोषित गरेको प्रहरीले जनाएको छ।

Advertisement

हाल शवलाई पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ। घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.