प्रचण्डलाई निमाेनिया, उपचारका लागि अस्पताल भर्ना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १६, शनिबार १२:४२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् ।

निमोनिया संक्रमण भएपछि प्रचण्डलाई शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।

Advertisement

तीन दिनयता उनलाई रुघाखोकी र ज्वरो आएको थियो । ‘रुघा र ज्वरोका साथै हल्का निमोनियाका कारण उहाँलाई चिकित्सकहरुले अस्पताल भर्ना गरेर उपचार गरिरहेका छन्’, आचार्यले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.