आगलागी हुँदा एक घर जलेर नष्ट 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १६, शनिबार १८:१४
आगलागी हुँदा एक घर जलेर नष्ट 

खाँदबारी । सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ पाँचखालको तामाङ टोलमा शुक्रबार राति भएको आगलागीबाट एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। स्थानीय राजु तामाङको घरमा आगो लाग्दा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ढुंगा, माटो र काठले बनेको एक तले घर आगलागीबाट पूरै जलेर नष्ट भएको छ । आगलागीमा परी घरभित्र रहेका अन्नपात, लत्ताकपडा र महत्त्वपूर्ण कागजातहरू समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

Advertisement

घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो । समयमै आगो नियन्त्रणमा आएकाले छिमेकी बस्तीमा भने थप क्षति हुन पाएन ।

आगलागी के–कति कारणले भएको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
सामान्य विवाददेखि गोलीकाण्डसम्म : कप्तानगन्जमा कहाँ चुक्यो राज्य ?
कप्तानगन्ज घटनापछि सुरक्षामा व्यापक हेरफेर : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई जिम्मेवारीबाट हटाइयो
कप्तानगञ्ज गोलीकाण्डबारे मानव अधिकार आयोगले सुरु गर्‍यो अनुसन्धान
१२ अर्ब ६३ करोडको अलैंची निर्यात
साताको पहिलो दिन नेप्से ३३ अङ्कले घट्यो, ६ अर्ब बढीको कारोबार
जटिल बन्दै सुनसरीको सुरक्षा अवस्था : जथाभावी आक्रमण, आगजनी र तोडफोड
कप्तानगन्ज घटनापछि सर्वदलीय प्रतिबद्धता : सद्भाव जोगाउन सबै पक्ष एक ठाउँमा
कप्तानगञ्ज घटना : सांसद साहद्वारा सुरक्षा अधिकारीहरूमाथि कारबाही माग
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सांसदलाई पीए सुविधा : सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
मालवाहक गाडी फस्दा केचना–कञ्चनजङ्घा करिडोर अवरुद्ध
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×