इलाममा बाँस बोकेको पिकअप दुर्घटना, चालकको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १७, आइतबार १७:०४

इलाम । इलामको सूर्योदय नगरपालिका–४ मा बाँस बोकेर जाँदै गरेको पिकअप गाडी आइतबार अपरान्ह दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार खड्का गाउँबाट बमजम डाँडातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज ३५३२ नम्बरको पिकअप गाडी आइतबार मध्यान्न करिब १२ बजेतिर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका चालक सूर्योदय नगरपालिका–४ बमजम डाँडाका ४५ वर्षीय विलास राईलाई उपचारका लागि फिक्कल अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचारकै क्रममा दिउँसो १ः१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

Advertisement

दुर्घटनामा सहचालक सूर्योदय–४ श्रीबुङका २० वर्षीय कुन्दन वाईबा र ४३ वर्षीय विशाल थुलुङ राई घाइते भएका छन् । घाइतेमध्ये कुन्दनको श्रीनिधि अस्पताल फिक्कलमा र विशालको झापाको बिर्तामोडस्थित बिर्तासीटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
‘प्रचण्ड’को स्वास्थ्य स्थिर, केहीदिन अस्पतालमै रहने
मेचीनगरमा काठमाडौंका युवक पक्राउ
रास्वपा महाधिवेशन : मूल आयोजक समिति गठन
प्रधानमन्त्रीको ‘सीमा अभिव्यक्ति’ले राजनीति तरंगित, नेपालले कहाँ मिच्यो भारतको भूमि ?
प्रधानमन्त्रीको अभिव्यक्तीप्रति सडकमा विद्यार्थीको नारा : ‘जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा’
प्रधानमन्त्रीको अभिव्यक्तिपछि रास्वपाले बोलायो सचिवालय बैठक
‘प्रधानमन्त्रीले बोल्नुअघि सोच्नुपर्छ’
भीम रावलले मागे प्रधानमन्त्रीकाे राजीनामा
अर्थमन्त्री भन्छन् : शिक्षामा ३ प्रतिशत कर प्रगतिशील हाे
आगामी निर्वाचनको तयारीमा एमाले, मोरङका पालिकाहरुमा खटाइए नेता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.