अञ्जनीकुमार पोखरेल सशस्त्रको एआईजीमा बढुवा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १९, मंगलबार १३:३६

काठमाडौं । सशस्त्र प्रहरी बलका डीआईजी (सशस्त्र प्रहरी नायब महानिरीक्षक) अञ्जनीकुमार पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय लिएको हो । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बढुवा समितिबाट यसअघि नै पोखरेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको थियो । गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्समक्ष पुगेको सिफारिसलाई सरकारले औपचारिक रूपमा अनुमोदन गरेपछि पोखरेलको पदोन्नति कार्यान्वयनमा आएको हो ।

Advertisement

पोखरेललाई गत जेठ ५ गते बसेको बढुवा समितिको बैठकले एआईजी पदका लागि सिफारिस गरेको थियो । सशस्त्र प्रहरी बल नेपालभित्र डीआईजीबाट एआईजीमा हुने बढुवा संस्थागत संरचना र वरिष्ठता प्रणालीमा आधारित मानिन्छ । यस्तो बढुवालाई संगठनभित्रको अनुभव, कार्यसम्पादन, नेतृत्व क्षमता तथा सेवा अवधिको मूल्यांकनसँग जोडेर हेरिन्छ ।

एआईजी पद सशस्त्र प्रहरीको उच्च व्यवस्थापन तह हो । जसले संगठनको रणनीतिक योजना, सुरक्षा व्यवस्थापन, आन्तरिक प्रशासन र विभिन्न महत्वपूर्ण फोर्स कमान्डहरूको समन्वयमा निर्णायक भूमिका खेल्छ । सशस्त्र प्रहरी बल नेपाललाई मुलुकको सीमा सुरक्षा, आन्तरिक सुरक्षा सहयोग, विपद् व्यवस्थापन तथा भीड नियन्त्रणजस्ता संवेदनशील जिम्मेवारी दिइएको छ ।

अन्जनीकुमार पोखरेल एआईजी बन्दै : सशस्त्रका ‘एक्सन अफिसर’, सीमादेखि विपद्सम्म सफल

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.