धरौटी बुझाएर मेयर रिहा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १९, मंगलबार १६:२८

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह झुठो विवरण पेस गरी नागरिकता बनाएको तथा लिखतसम्बन्धी किर्ते मुद्दामा धरौटी बुझाएर रिहा भएका छन् । पर्सा जिल्ला अदालतले तोकेको धरौटी रकम बुझाएपछि उनी मंगलबार रिहा भएका हुन् ।

अदालतले नागरिकतासम्बन्धी कसुरमा १५ हजार रुपैयाँ र लिखत किर्ते मुद्दामा ४ लाख रुपैयाँ गरी कुल ४ लाख १५ हजार रुपैयाँ धरौटी माग गरेको थियो । सोही रकम बुझाएपछि सिंह थुनामुक्त भएका हुन् ।

Advertisement

उनीमाथि नक्कली कागजात प्रयोग गरेर अर्कैकी छोरीलाई आफ्नै छोरीका रूपमा प्रस्तुत गर्दै नागरिकता र अन्य सरकारी कागजात बनाउन सहयोग गरेको आरोप छ । उक्त प्रकरणमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले सिंहलाई नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.