‘प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय अडान कमजोर बनायो’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १९, मंगलबार १६:५०

काठमाडौं । नेपाल बार एसोसिएसनले नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संसदमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ । बारले प्रधानमन्त्रीको भनाइलाई गैरजिम्मेवार, अपरिपक्व र राष्ट्रिय स्वाभिमानमाथि आघात पुग्ने खालको टिप्पणीको संज्ञा दिएको हो ।

प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय अडानलाई कमजोर बनाएको बारको निष्कर्ष छ । बारका महासचिव एवं वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा नेपालको सीमा र भू–अखण्डतासँग जोडिएका विषय अत्यन्त संवेदनशील भएकाले सार्वजनिक अभिव्यक्तिमा उच्च जिम्मेवारी आवश्यक पर्ने उल्लेख गरिएको छ । विज्ञप्तिमा प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय स्तरमा उठाउँदै आएको सीमा सम्बन्धी स्थापित अडानलाई कमजोर बनाउने जोखिम सिर्जना गरेको दाबी गरिएको छ ।

Advertisement

बारले नेपालको एक इञ्च भूमि पनि कसैलाई छोड्न नसकिने स्पष्ट पार्दै सीमा विवाद भावनात्मक अभिव्यक्ति वा राजनीतिक आवेगका आधारमा समाधान हुने विषय नभएको बताएको छ । यस्ता विषय ऐतिहासिक तथ्य, आधिकारिक नक्सा, सन्धि–सम्झौता तथा प्राविधिक प्रमाणका आधारमा मात्रै टुंग्याउनुपर्ने बारको धारणा छ । विज्ञप्तिमा नेपाल र भारत दुवै देशका प्राविधिक टोली तथा कूटनीतिक संयन्त्रमार्फत समाधान खोजिनुपर्नेमा जोड दिइएको छ ।

त्यस्तै, खेतीपाती, नदीको बहाव परिवर्तन वा स्थानीय प्रयोगका कारण उत्पन्न हुने ‘क्रस होल्डिङ’ जस्ता प्राविधिक अवस्थालाई योजनाबद्ध सीमा अतिक्रमणसँग तुलना गर्नु उपयुक्त नहुने बारको भनाइ छ । प्रधानमन्त्रीको अभिव्यक्तिले यिनै दुई फरक विषयलाई एउटै रूपमा प्रस्तुत गरेको भन्दै बारले कूटनीतिक समझदारी र संवेदनशीलतामाथि समेत प्रश्न उठाएको छ ।

विज्ञप्तिमा आगामी दिनमा सरकारले राष्ट्रिय हित, सीमा सुरक्षा र भौगोलिक अखण्डताजस्ता विषयमा थप स्पष्ट, संयमित र जिम्मेवार ढुंगले सार्वजनिक धारणा राख्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

तपाइको प्रतिक्रिया
रवि लामिछानेले भेटे भारतीय विदेश मन्त्री
विराटनगरमा सम्पत्ति शुद्धीकरण र वित्तीय अपराध अनुसन्धान तालिम
प्रहरी नागरिकको भरोसाको धरोहर बन्नुपर्छ : महानिरीक्षक कार्की
झापामा ९१ ग्राम खैरो हिरोइनसहित तीन जना पक्राउ
मोरङमा म्यानपावर सञ्चालक पक्राउ, रोमानिया पठाइदिने भन्दै लाखौं रूपैयाँ ठगी
झापामा चर्को गर्मीबीच सडकमै बेहोस भेटिएकी महिलाको मृत्यु
दमककी रमा तिवारीको हत्या आरोपमा प्रेमी पक्राउ
प्रधानमन्त्रीको अभिव्यक्तिले सदनमा तरंग, दलहरू आक्रामक
‘प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय अडान कमजोर बनायो’
मलद्वारमा लुकाएर ल्याउँदै गरेको खैरो हिरोइनसहित युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.