
विराटनगर । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले नागरिकको जन्मदेखि मृत्युसम्मका हरेक गतिविधिमा भरोसाको धरोहर भएर काम गर्नुपर्ने बताएका छन् ।
कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरमा मंगलबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई उच्च व्यावसायिकता प्रदर्शन गर्न निर्देशन दिएका हुन् । कार्यालयमा आउने सेवाग्राहीहरूसँग विनम्र र सभ्य व्यवहार गर्दै बिना कुनै अपेक्षा समान सेवा प्रदान गर्न आग्रह गरे ।
‘ द्वन्द्व, विपद् वा सामान्य अवस्था—प्रहरी सधैँ शारीरिक र मानसिक रूपमा चुस्त हुनुपर्छ,’ उनले भने,‘यसका लागि नियमित व्यायाम र योगलाई प्राथमिकता दिनुहोस् ।’
खुला सिमानाका कारण हुने तस्करी, भन्सार चोरी निकासी र आपराधिक गतिविधि नियन्त्रण गरी संलग्नलाई कानुनी दायरामा ल्याउन निर्देशन दिए ।

























