स्कुल बससँग मोटरसाइकल ठोक्किँदा झापामा दुई जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २०, बुधबार १८:५९

झापा । झापाको मेचीनगर नगरपालिका–७ स्थित सतिघट्टा चिया बगाननजिक स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृतक दुवै जना मोटरसाइकलमा सवार थिए ।

बुधबार अपराह्न दुर्घटना हुँदा मोटरसाइकल चालक मेचीनगर–७ का २१ वर्षीय अजय राजवंशी र पछाडि सवार भारतको गलगलिया निवासी ३२ वर्षीय अजय माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मेचीनगर–९ मा रहेको होलीबेल स्कुलको मे १ क ३९१ नम्बरको बस गोमनचरीबाट धुलाबारीतर्फ भित्री सडक हुँदै जाँदै थियो ।

Advertisement

सोही क्रममा इँटाभट्टाबाट गोमनचरीतर्फ आउँदै गरेको मे ९ प ९९०७ नम्बरको मोटरसाइकलसँग मेचीनगर–७ को इँटाभट्टास्थित सिमेन्ट फ्याक्ट्री नजिक बस ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो ।

अस्पताल पुर्याएपछि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.