‘बालेन प्रभाव’पछि डीडीसीका उत्पादनको माग बढ्यो, उपभोक्तालाई मूल्यवृद्धिको भार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २१, बिहीबार १४:५४

विराटनगर । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनमा अचानक उच्च माग देखिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत डीडीसीका उत्पादनको प्रयोग र प्रचार गरेपछि बजारमा माग बढेको हो । तर, माग बढेसँगै संस्थानले आफ्ना मुख्य उत्पादनहरूको मूल्यमा सुटुक्क वृद्धि गरेको छ ।

कुन उत्पादनमा कति बढ्यो मूल्य ?

Advertisement

विक्रेताहरूका अनुसार डीडीसीले दूध, दही, घिउ र पनिरको मूल्यमा २ रुपैयाँदेखि १०० रुपैयाँसम्म वृद्धि गरेको छ ।

प्रतिलिटर १५० रुपैयाँमा बिक्री हुँदै आएको दहीको मूल्य १६० रुपैयाँ पुर्‍याइएको छ । २०० ग्रामको कप दहीमा ५ रुपैयाँ बढाएर ४५ रुपैयाँ र आधा लिटरको बट्टामा ५ रुपैयाँ बढाएर ८५ रुपैयाँ कायम गरिएको छ ।

दूधमा आधा लिटरको प्रति पोका १ रुपैयाँ वृद्धि गरिएको छ । यसअघि ४९ रुपैयाँमा पाइने ‘स्ट्यान्डर्ड’ दूधको मूल्य अब ५० रुपैयाँ पुगेको छ । एक लिटरकाे १०० रुपैयाँ पर्नेछ । यद्यपि, ‘फुल क्रिम’ दूधको मूल्य भने यथावत राखिएको छ ।

घिउको मूल्यमा एकैपटक प्रतिलिटर १०० रुपैयाँ वृद्धि गरिएको छ । यसअघि प्रतिलिटर ११५० रुपैयाँ पर्ने घिउलाई अब १२५० रुपैयाँ तिर्नुपर्नेछ । पनिरमा प्रतिकिलो ५० रुपैयाँ वृद्धि गरी ८७५ रुपैयाँ कायम गरिएको छ ।

विराटनगरका व्यापारी अनिल बरालका अनुसार डीडीसीको उत्पादन भाउ बढे पनि बिक्रीमा कमी आएको छैन । तर, बजारमा खुला दूध ८० रुपैयाँ लिटर पाइने अवस्थामा डीडीसीको दूध १०० देखि १२० रुपैयाँ पुग्दा सर्वसाधारणलाई भने केही आर्थिक भार थपिएको छ ।

डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार प्रधानमन्त्रीले डीडीसीका उत्पादन प्रवर्धन गरेपछि बजारमा माग बढेकाे छ । ‘प्रधानमन्त्रीज्यूले डीडीसीका उत्पादन प्रयोग गर्न प्रोत्साहन गरेपछि बजारमा सकारात्मक सन्देश गएको छ,’ पाण्डेले भने, ‘अहिले माग यति धेरै छ कि हामीलाई मौज्दात व्यवस्थापन गर्न र उत्पादन क्षमता बढाउन दबाब परेको छ ।’

विशेषगरी लेकाली र हिमाली क्षेत्रबाट संकलन गरिने घिउ र चिजको माग अत्याधिक रहेको संस्थानले जनाएको छ । बजारमा मागअनुसार आपूर्ति सुनिश्चित गर्न उत्पादन प्लान्टहरूको क्षमता विस्तार र संकलन केन्द्रहरूको सुदृढीकरणमा ध्यान केन्द्रित गरिएको पाण्डेले बताए ।

महाप्रबन्धक पाण्डेले ‘मूल्य वृद्धि’ नभई ‘मूल्य समायोजन’ गरिएकाे बताए । निजी क्षेत्रका दुग्ध उत्पादनको तुलनामा डीडीसीको मूल्य अझै पनि सुलभ रहेको उनकाे दाबी छ ।

तपाइको प्रतिक्रिया
राजारानीमा चम्किएको रानीताल : परदेशीको सपना, गाउँको गौरव
परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत जाने
टिकटकर अधिकारीलाई थुनामा पठाउने आदेश
‘बालेन प्रभाव’पछि डीडीसीका उत्पादनको माग बढ्यो, उपभोक्तालाई मूल्यवृद्धिको भार
चेक बाउन्स मुद्दामा सर्वोच्चको नयाँ नजिर : अब बिगोसँगै १० प्रतिशत ब्याज पनि तिर्नुपर्ने
उर्लाबारीका विद्यालय आइतबार पनि खुल्ने, अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने निर्णय
पाँच किलो गाँजा र १४ ग्राम ब्राउन सुगरसहित चार जना पक्राउ
इटहरीमा ब्राउन सुगरसहित युवक पक्राउ, जाली नोटसमेत बरामद
डीआईजीको नेतृत्वमा छानबिन समिति
सुनसरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ
पाँच किलो गाँजा र १४ ग्राम ब्राउन सुगरसहित चार जना पक्राउ
सुनसरीबाट दोषी ठहर भएका ६ जना प्रतिवादी पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.