सुन्दरहरैँचामा घरनजिकै अचेत अवस्थामा भेटिएका पुरुषको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २२, शुक्रबार ०९:३२

विराटनगर । मोरङको सुन्दरहरैँचामा घरनजिकै अचेत अवस्थामा भेटिएका पुरुषको मृत्यु भएको छ ।

सुन्दरहरैँचा नगरपालिका–३ का ४२ वर्षीय कुलबहादुर दाहालको बिहीबार दिउँसो मृत्यु भएको हो । उनी आफ्नै घरनजिक दिउँसो २ बजेतिर बेहोस भएर लडिरहेको अवस्थामा फेला परेका थिए ।

Advertisement

स्थानीयले जानकारी दिनसाथ घटनास्थल पुगेको प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्याएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ ।

दाहाल विगतदेखि नै छारे रोगबाट पीडित रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.