
काठमाडौं । गृह मन्त्रालयले सहसचिव तथा १५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ ।
सरुवा विवरणअनुसार निराजन घिमिरेलाई स्याङ्जा, कुलमान सिंह गुरुङलाई कास्की, लक्ष्मी पाण्डे गौतमलाई धादिङ, ईश्वरीप्रसाद अर्याललाई संखुवासभा, भविश्वर पाण्डेलाई पाल्पा, जगदिश्वर उपाध्यायलाई नवलपरासी पूर्व, श्यामकृष्ण थापालाई सप्तरी, रुद्रादेवी शर्मालाई धनकुटा, मेखबहादुर मंग्रातीलाई उदयपुर, टुवाराज पोखरेललाई ओखलढुंगा, विजयराज सुवेदीलाई सर्लाही, विनु बज्राचार्यलाई रामेछाप र धर्मराज जोशीलाई सुर्खेत सरुवा गरिएको छ।
त्यस्तै, बलराम निरौलालाई भैरहवा अध्यागमन कार्यालयमा सरुवा गरिएको छ भने सिर्जना थपलियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनको जिम्मेवारी दिइएको छ । रामुराज कडरियालाई गृह मन्त्रालयमा तानिएको छ । प्रदीपकुमार कोइरालालाई विपद् व्यवस्थापन र कृष्ण पौडेललाई राष्ट्रिय परिचयपत्र व्यवस्थापनमा सरुवा गरिएको छ ।

























