जीपी कोइराला ५–ए साइड महिला हक्कीको उपाधि त्रिभुवन आर्मीलाई

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २४, आइतबार ०८:२९
जीपी कोइराला ५–ए साइड महिला हक्कीको उपाधि त्रिभुवन आर्मीलाई

विराटनगर । विभागीय टोली त्रिभुवन आर्मी क्लबले विराटनगरमा सम्पन्न ‘जीपी कोइराला ५–ए साइड महिला हक्की च्याम्पियनसिप’को उपाधि जितेको छ । विराटनगरस्थित सायस फुटसल एरिनामा भएको रोमाञ्चक फाइनल भिडन्तमा गण्डकी प्रदेशलाई ५–३ गोल अन्तरले पराजित गर्दै आर्मीले च्याम्पियनको ट्रफी उचालेको हो ।

उपाधिसँगै आर्मीले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको गण्डकी प्रदेशले ३० हजार रुपैयाँमा चित्त बुझाएको छ । कोशी प्रदेशमा पहिलो पटक आयोजना गरिएको ५–ए साइड महिला हक्की प्रतियोगिताको उपाधि रक्षा गर्ने क्रममा आर्मीका लागि नीलिमा पाण्डेले ह्याट्रिकसहित ३ गोल गरिन् भने सुनिता नेगीले २ गोलको योगदान दिइन् । गण्डकीका तर्फबाट मयुरी राईले २ र सोनु बरालले १ गोल फर्काए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन ।

Advertisement

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी आर्मीकी सविना केसी प्लेयर अफ द टुर्नामेन्ट घोषित भइन् । त्यस्तै, मधेस प्रदेशकी लक्ष्मनिया दासले उदीयमान खेलाडीको विधामा पुरस्कार हात पारिन् ।

विजेता तथा उपविजेता टोली र खेलाडीहरूलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष वसन्तराज अर्याल, जीपी कोइराला स्पोर्ट्स एकेडेमीका रञ्जन थापा, नेपाल हक्की संघ कोशी प्रदेश अध्यक्ष जीवनराज तिम्सिना लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

प्रतियोगितामा आर्मीले आफ्ना सबै ४ खेलमा जित निकाल्दै अपराजित यात्रा तय गरेको थियो । उपविजेता गण्डकीले ४ मध्ये २ खेलमा जित, १ मा हार र १ खेलमा बराबरी खेलेको थियो । यता आयोजक तथा घरेलु टोली कोशी प्रदेश ४ अंकसहित चौथो स्थानमा सीमित भयो ।

च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मीसहित कोशी, गण्डकी, मधेस र बागमती प्रदेशका टोलीहरूको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
‘सीमा विवाद कूटनीतिक माध्यमबाटै समाधान हुन्छ, बेलायतको मध्यस्थता खोजेका होइनौं’
मोरङमा लागुऔषध ओसारपसारको अनौठो शैली : कन्डमभित्र राखेर मलद्वारमा लुकाइयो, दिसा गराएर निकालियो
  सुनको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
नेपाल एसियन गेम्स पुरुष क्रिकेटको फाइनलमा
नेपाल एसियन गेम्स पुरुष क्रिकेटको फाइनलमा
परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको
जफत गरिएका मोबाइल नष्ट गरिएको विरोधमा सिरहामा विद्यार्थीको प्रदर्शन 
रास्वपा झापा सभापतिमा भण्डारी
जीपी कोइराला ५–ए साइड महिला हक्कीको उपाधि त्रिभुवन आर्मीलाई
जीपी कोइराला ५–ए साइड महिला हक्कीको उपाधि त्रिभुवन आर्मीलाई
रास्वपा मोरङको सभापतिमा भरत कँडेल निर्वाचित
कामधेनुका कर्मचारी जोडिएको आत्महत्या दुरुत्साहन मुद्दा, झा र खड्काविरुद्ध पक्राउ पुर्जी जारी
लेबनानमा इजरायली हमला, सैन्य अधिकारीसहित १२ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.