रास्वपा झापा सभापतिमा भण्डारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २४, आइतबार ०८:३२

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी झापाको सभापतिमा ओमनाथ भण्डारी निर्वाचित भएका छन् ।

पहिलो जिल्ला अधिवेशनबाट भण्डारी सभापतिमा विजयी भएका हुन् । उनले ३४१ मत प्राप्त गरे । सभापतिका उम्मेदवार लक्ष्मण बस्नेतले २४७ मत र अर्जुनकुमार मैनालीले २५ मत प्राप्त गरेका थिए ।

Advertisement

जिल्ला समितिको उपसभापतिमा पुष्पलाल ढकाल निर्वाचित भएका छन्। ढकाल २१० मतसहित विजयी हुँदा शान्ता तामाङले १९८ मत, लिला खड्काले १११ मत र देव संग्रौलाले ९३ मत प्राप्त गरे । सचिवमा विरोध सुवेदी, सहसचिवमा भिमबहादुर कुँवर विजयी भएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.