
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको सभापतिमा भरत कँडेल निर्वाचित भएका छन् । शनिबार भएको पहिलो जिल्ला अधिवेशनबाट कँडेल जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । कँडेलले २०४ मत प्राप्त गर्दै विजयी हुँदा सभापतिको उम्मेदवार कोषराज खनालले ९९, सागर फुयालले ४१ मत प्राप्त गरे ।
नयाँ कार्यसमितिको उपसभापतिमा विमला बस्नेत निर्विरोध निर्वाचित भइन् ।
सचिवमा दिवस नेपाल निर्वाचित भएका छन् । सचिवमा नेपाल ९५ सहित विजयी हुँदा सचिवका उम्मेदवार कुमार खुलालले ८५ र इन्जिनियर सुरेश श्रेष्ठले ८१ मत प्राप्त गरेका थिए ।
सहसचिवमा सिर्जना गिरी आचार्य निर्वाचित भएकी छन् । उनले २३० मत प्राप्त गर्दा अर्का उम्मेदवार सन्तोष सिंहले ११३ मत प्राप्त गरेका थिए ।
जिल्ला समिति सदस्यहरूमा भावना बस्नेत श्रेष्ठ, ओमकुमार श्रेष्ठ र लक्ष्मी श्रेष्ठ, परमेश्वर शाह निर्वाचित भएका छन् । शनिबार भएको जिल्ला अधिवेशनमा जिल्लाभरबाट ५३१ जना प्रतिनिधि सहभागी भएका थिए । निर्वाचनमा ४८६ मत खसेको थियो ।

























