नेपाल एसियन गेम्स पुरुष क्रिकेटको फाइनलमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २४, आइतबार १०:०८
नेपाल एसियन गेम्स पुरुष क्रिकेटको फाइनलमा

काठमाडौं । ओमानलाई ८ विकेटले पराजित गर्दै नेपालले एसियन गेम्स छनोटको फाइनलमा पुगेको छ । सिंगापुरको सिंगा ओभलमा टस जितेर ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रन बनाउँदै अल आउट भएको थियो ।

ओमानले दिएको ९५ रनको लक्ष्य पछाएको नेपालले ९.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि लोकेश बमले सर्वाधिक ४४ रन बनाउँदै अविजित रहे। दोस्रो ओभरमा नै नेपालले २ ओपनरलाई गुमायो। कुशल भुर्तेल २० रनमा कट एन्ड बोल्ड हुँदा दोस्रो ओभरको पाँचौँ बलमा आसिफ शेख १ रनमा क्याच आउट भए । त्यसपछि लोकेश र रोहितले पारी सम्हालेका थिए।  रोहित पौडेलले २१ रन बनाउँदै अविजित रहे। ओमानका लागि दुवै विकेट समिर ओथमानले लिए।

Advertisement

त्यसअघि, ब्याटिङ गरेको ओमानका लागि सुफ्यान महमुदले ३८ रन बनाए। एक तर्फबाट विकेट गइरहँदा उनले भने ओमानको पारी सम्हाल्ने कोसिस गरेका थिए जुबेर अलि अख्तरले २२ रन बनाए । मोहम्मद अलि अकबर ९ रन, शुयब इस्मेल र नावेद अब्दुल माजिद करण केसीको बलमा डगआउट भए । अब्दुलजलिल खानले १६ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि बलिङतर्फ करण केसीले सर्वाधिक ३ विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले २–२ विकेट लिए । कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी र साहब आलमले १–१ विकेट लिए । नेपालले मलेसिया र हङकङ बीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग फाइनल खेल्ने छ।

तपाइको प्रतिक्रिया
‘सीमा विवाद कूटनीतिक माध्यमबाटै समाधान हुन्छ, बेलायतको मध्यस्थता खोजेका होइनौं’
मोरङमा लागुऔषध ओसारपसारको अनौठो शैली : कन्डमभित्र राखेर मलद्वारमा लुकाइयो, दिसा गराएर निकालियो
  सुनको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
नेपाल एसियन गेम्स पुरुष क्रिकेटको फाइनलमा
नेपाल एसियन गेम्स पुरुष क्रिकेटको फाइनलमा
परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको
जफत गरिएका मोबाइल नष्ट गरिएको विरोधमा सिरहामा विद्यार्थीको प्रदर्शन 
रास्वपा झापा सभापतिमा भण्डारी
जीपी कोइराला ५–ए साइड महिला हक्कीको उपाधि त्रिभुवन आर्मीलाई
जीपी कोइराला ५–ए साइड महिला हक्कीको उपाधि त्रिभुवन आर्मीलाई
रास्वपा मोरङको सभापतिमा भरत कँडेल निर्वाचित
कामधेनुका कर्मचारी जोडिएको आत्महत्या दुरुत्साहन मुद्दा, झा र खड्काविरुद्ध पक्राउ पुर्जी जारी
लेबनानमा इजरायली हमला, सैन्य अधिकारीसहित १२ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.