भुटानमा भूकम्प, नेपालमा धक्का

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २५, सोमबार ०६:०६

काठमाडौं । भुटानमा आइतबार राति गएको मध्यम शक्तिको भूकम्पको धक्का नेपालसहित दक्षिण एसियाका विभिन्न देशमा महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाली समयअनुसार राति ११ः२१ बजे ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु भुटानको ऐतिहासिक सहर पुनाखा आसपास रहेको बताइएको छ । भूकम्पपछि भुटानका विभिन्न क्षेत्रमा कम्पन महसुस भएको थियो ।

Advertisement

यसको प्रभाव नेपाल, भारत, बंगलादेश र चीनका केही भागसम्म पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । नेपालमा विशेषगरी पूर्वी भू–भागका जिल्लाहरूमा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

रातको समयमा अचानक जमिन हल्लिएपछि कतिपय स्थानीय बासिन्दा घरबाहिर निस्किएका थिए । भूकम्पबाट कुनै ठूलो क्षति वा मानवीय हताहतीको विवरण हालसम्म सार्वजनिक भएको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.