जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, ‘वर्ल्ड क्लास’ स्वास्थ्य संस्था बनाउने लक्ष्य

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २५, सोमबार १३:५८

विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ मा हल्दिबारीमा रहेको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसन पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ ।

अस्पतालले आइतबार आफ्नो पहिलो वार्षिकोत्सव मनाएको हो । एक वर्षअघि सञ्चालनमा आएको दुई सय बेडको जीवन विकास सामुदायिक अस्पतालले पूर्वी नेपालका साथै छिमेकी मुलुक भारतका बिरामीलाई समेत गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

मोरङ क्षेत्र नम्बर ५ का पूर्वप्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलको अग्रसरतामा आम नागरिकलाई सहज स्वास्थ्य पहुँच पुर्‍याउने उद्देश्यले स्थापना भएको अस्पतालले आफ्नो सेवालाई विस्तार गरिरहेको छ ।

अस्पतालका अध्यक्ष एवं संस्थापक मण्डलले एक वर्षको अवधिमा अस्पतालले लक्ष्य अनुसारको प्रगति हासिल गरेको बताए । मुनाफा वितरण नगर्ने संस्थाका रुपमा सञ्चालित अस्पतालले अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिमार्फत स्वास्थ्य क्षेत्रमा नयाँ पहिचान स्थापित गर्ने लक्ष्य लिएको उनको भनाई छ ।

‘हाम्रो लक्ष्य यस अस्पताललाई वर्ल्ड क्लास (विश्वस्तरीय) बनाउनु हो,’ मण्डलले भने, ‘हामी सोही लक्ष्यका साथ अघि बढिरहेका छौँ, जहाँ ग्रामीण क्षेत्रका गरिब, विपन्न तथा सबै वर्गका नागरिकले बिना झन्झट उच्चस्तरीय उपचार पाउन सकुन् ।’

अस्पतालको प्रवर्धक संस्था जीवन विकास समाजकी अध्यक्ष रिवोलदेवी मण्डलले अस्पतालको प्रगतिको प्रशंसा गर्दै अझै जनमैत्री सेवामा केन्द्रित हुन सुझाव दिइन् । अस्पतालका सञ्चालक सञ्जयकुमार मण्डलले जीवन विकास समाजले तीन दशकदेखि आर्जन गरेको सामाजिक छवीलाई स्वास्थ्य क्षेत्रमा पनि कायम राख्ने बताए । गरिबीरहित नेपालको परिकल्नासहित जीवन विकासले विभिन्न क्षेत्रमा काम गरिरहेको बताउँदै उनले स्वास्थ्य सेवालाई पनि सुलभ र आम नागरिक मैत्री बनाइने बताए ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अस्पतालका संयोजक तेजस्वी मण्डलले ग्रामीण क्षेत्रका नागरिकका लागि अस्पताल भरोसाको केन्द्र बनेको बताए । स्थापनाको पहिलो वर्षमै अस्पतालले सिटिस्क्यान र एमआरआइ जस्ता अत्याधुनिक सेवा प्रवाह सुरु गरेको बताउँदै उनले अब छिट्टै मुटु रोग उपचारका लागि क्याथल्याब सेवा सुरु गर्ने तयारी भइरहेको जानकारी दिए ।

अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर आरके मण्डलले पहिलो वर्षको छोटो अवधिमै हजारौँ बिरामीले विशेषज्ञ सेवा लिएको जानकारी दिए । अस्पतालप्रति जनविश्वास बढाएको उनको भनाई छ । वार्षिकोत्सव समारोहमा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

तपाइको प्रतिक्रिया
देवानगन्जको तनाव नियन्त्रणमा, २० भन्दा बढी घर तथा पसलमा क्षतिको अनुमान
सुनसरीका १० स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यु
भद्रपुरमा एक युवती आफ्नै घरमा मृत फेला, माइती पक्षद्वारा घटना शंकास्पद भएको दाबी
भद्रपुरमा एक युवती आफ्नै घरमा मृत फेला, माइती पक्षद्वारा घटना शंकास्पद भएको दाबी
सुनसरीको देवानगन्जमा भीषण हुलदंगा र झडप : स्थिति पूर्णरूपमा तनावग्रस्त, अवस्था सुरक्षा नियन्त्रणबाहिर
कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी खनालद्वारा प्रहरी कर्मचारीहरूलाई विशेष निर्देशन
कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी खनालले दिए प्रहरी कर्मचारीहरूलाई विशेष निर्देशन
सुनसरी घटनाप्रति प्रलोपाको ध्यानाकर्षण, उच्चस्तरीय छानबिन र क्षतिपूर्तिको माग
देवानगन्ज घटनाका घाइतेलाई स्वास्थ्यमन्त्रीले भेटिन्, उपचारमा कमी हुन नदिने प्रतिबद्धता
सडक अवरुद्ध हुँदा मूल्यवृद्धि, बेली ब्रिज जडान गर्ने तयारी
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाही नियुक्त
उद्योगी शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न अदालतको आदेश
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×