
काठमाडौं । फिफा विश्वकप फुटबल हेर्न अमेरिका जाँदै गरेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएकाे छ । अध्यागमन अधिकारीहरुले उनीहरु फर्काएका हुन् । उनीरहरु आज बिहान मेक्सिको जाने तयारीमा थिए । कालोसूचीमा रहेकाले विमानस्थलबाट फर्काइएको अध्यागमन स्रोतले बतायो ।
फिफा विश्वकप २०२६ मा सहभागी हुन जाने उद्देश्यले विदेश जान रोक लगाउने निर्णय फिर्ताका लागि एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई सोमबार राखेपमै पुगेका थिए । तर राखेपले उनीहरुलाई विदेश जाने बाटो खुला गर्न अस्वीकार गरेको थियो ।

























