इजरायल परीक्षा स्थगित, १७ हजार अन्योलमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २७, बुधबार १५:२७

काठमाडौं । इजरायलमा केयरगिभर रोजगारीका लागि अनिवार्य अंग्रेजी भाषा परीक्षा व्यवस्थापनमा गम्भीर प्राविधिक तथा सञ्चालनगत समस्या देखिएपछि परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको छ । यसबाट १७ हजारभन्दा बढी नेपाली युवा प्रभावित भएका छन् ।

त्रिपुरेश्वरस्थित सीआईआईएनमार्फत सञ्चालन गरिएको क्याम्ब्रिज अपस्किल्स इंग्लिस टेस्टमा सहभागी परीक्षार्थीहरूले सर्भर समस्या, हेडसेट तथा कम्प्युटरको कमजोर व्यवस्था, अत्यधिक भिडभाड र अव्यवस्थित सञ्चालनका कारण परीक्षा प्रभावित भएको गुनासो गरेका छन् । सहभागीहरूका अनुसार एउटै हलमा करिब २ सय जनासम्म राखेर परीक्षा लिइएको थियो भने स्पिकिङ टेस्टका क्रममा आवाज स्पष्ट नसुनिने, आफ्नै आवाज रेकर्ड नहुने र प्रणालीले उत्तर नबुझ्ने समस्या देखिएको थियो ।

Advertisement

परीक्षार्थीहरूले प्रतिव्यक्ति ५ हजार रुपैयाँ शुल्क तिरे पनि मोबाइल, हेडफोनलगायतका सामग्री आफैंले ल्याउनुपरेको र परीक्षा एक घण्टामा सकिनुपर्नेमा ३–४ घण्टासम्म लम्बिएको बताएका छन् । मंगलबार परीक्षा दिएका ९ सयमध्ये ३५ जनामात्र ‘बी–१’ स्तरमा उत्तीर्ण भएपछि सफ्टवेयरमै समस्या वा चलखेल भएको आशंका समेत व्यक्त गरिएको छ ।

वैदेशिक रोजगार विभागले इजरायली पक्षबाट छनोट गरिएको प्रणालीमार्फत परीक्षा सञ्चालन गरिएको र प्राविधिक तथा व्यवस्थापकीय समस्याका कारण प्रक्रिया अवरुद्ध भएको जनाएको छ । परीक्षा स्थगित भएसँगै काठमाडौंमा तयारी गरेर बसेका तथा बाहिरबाट आएका परीक्षार्थी अन्योलमा परेका छन् ।

रोजगारी आवेदनको समयसीमा नजिकिँदै गर्दा परीक्षा रोकिएपछि आवेदन प्रक्रिया प्रभावित हुने जोखिम बढेको छ । परीक्षार्थीहरूले पुरानो र नयाँ दुवै प्रकारका भाषा परीक्षणलाई मान्यता दिन तथा वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
सुनचाँदीको मूल्य सामान्य बढ्यो 
भानुभक्त र घाँसीको सालिक तोडफोड गर्ने युवक पक्राउ
भानुभक्त र घाँसीको सालिक तोडफोड गर्ने युवक पक्राउ
डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारी टोली धनगढीमा 
डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारी टोली धनगढीमा 
एक रुपैयाँको सिक्कामा अब चुच्चे नक्सा, आकाश भैरवको चित्र पनि समेटिने
कंगोमा इबोला तीव्र रूपमा फैलँदै, १ सय जनाको मृत्यु
इबोला महामारी नियन्त्रणभन्दा बाहिर, १० हप्तामै १,३०० भन्दा बढीको मृत्यु
१४ औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन साउन २५ देखि 
१४ औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन साउन २५ देखि 
कोशीको सत्ता नयाँ मोडमा : हिक्मतकै निरन्तरता कि तिलकुमारको सम्भावना ?
गोली हानेपछि पक्राउ परे झुम्का कारागारका फरार कैदी
झापामा इलेक्ट्रिक स्कुटरको ठक्करबाट तीन महिला घाइते, एक जनाको अवस्था गम्भीर
यस्तो रहनेछ मौसम, कहाँ–कहाँ हुँदैछ वर्षा ?
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×