
विराटनगर । साताको पहिलो दिन नेपाली बजारमा आइतबार (आज) सुनचाँदीको मूल्य सामान्य बढेको छ । बजारमा आज सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ६० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ । शुक्रबार बजारमा सुन मूल्य प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँले कारोबार भएको थियो ।
त्यस्तै, आइतबार बजारमा चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बजारमा शुक्रबार चाँदी प्रतितोला ४ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

























