डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारी टोली धनगढीमा 

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १०, आइतबार १०:०९
डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारी टोली धनगढीमा 

काठमाडौं । धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीको अनशनलाई सहमतिमार्फत टुङ्ग्याउन सरकारले सक्रियता बढाएको छ । डा. केसीसँग वार्ताका लागि थप दुई जना सरकारी प्रतिनिधि आइतबार (आज) धनगढी पुगेका छन् ।

प्रधानमन्त्री बालेन शाहका स्वास्थ्य सल्लाहकार जे.पी. अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा हवाई जहाजमार्फत धनगढी पुगेका हुन् ।

यसअघि नै शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार धनगढी पुगिसकेका छन् । शिक्षामन्त्री सस्मित पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेपछि मन्त्रीकै निर्देशनमा सचिव पौडेललाई वार्ताका लागि धनगढी पठाइएको थियो ।

धनगढी पुगेको सरकारी टोलीले आजै डा. केसीका प्रतिनिधिहरूसँग वार्ता गर्ने तयारी गरेको छ । सरकारले वार्ता र संवादका माध्यमबाट डा. केसीको अनशनको सहमतिपूर्ण निकास खोज्ने प्रयास गरिरहेको बुझिएको छ ।

अनशनका कारण स्वास्थ्यमा समस्या देखिएपछि डा. केसीलाई शनिबार नै चिकित्सकको सल्लाहमा सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । अस्पतालमै रहेका डा. केसीसँग सरकारी टोलीले मागका विषयमा केन्द्रित रहेर छलफल अगाडि बढाउनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×