कोशी मोडेललाई एसइई कपको उपाधि 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २७, बुधबार १८:१२
कोशी मोडेललाई एइई कपको उपाधि 

विराटनगर । विराटनगरमा भएको ५ औँ एसइई कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता उपाधि कोशी मोडेल स्कुल जितेको छ ।

परोपकारको खेल मैदानमा पोखरिया युथ केयर एकेडेमीको आयोजना तथा विराटनगर महानगरपालिका–१ को सहकार्यमा प्रतियोगिता भएको हो । प्रतियोगिताको फाइनलमा खेलमा कोशी मोडेलले नरग्राम माविलाई  २–१ गोल फरकमा पराजित गर्दै उपाधि जितेको हो ।

Advertisement

कोशीले उपाधिसँग नगद २५ हजार र उपविजेता रहेको नरग्राम माविले नगद १५ हजारका साथै ट्रफी प्राप्त गरे ।
कोशीको जितमा एमडी मासुम नायक बने । उनले २ गोल गर्दै टोलीलाई विजयी बनाए । एक मात्र सान्त्वना गोल नरग्रामका लागि समिर बस्नेतले गरे ।

त्यस्तै, व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी डनबस्को स्कुलका तनोज राजवंशी, सर्वाधिक गोलकर्ता, शारदा बोर्डिङ स्कुलका रौनक चौधरी, उत्कृष्ट गोलरक्षक नरग्राम माविका आरभ माझी, उत्कृष्ट डिफेन्स कोही मोडेलका सुमित सिंह, उत्कृष्ट मिडफिड कोशी मोडलकै निरज चौधरी र उदयमान खेलाडी डनबस्कोका उदेश केसी भए ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर वडा नम्बर १ का वडाध्यक्ष काजीबहादुर बस्नेत, वडा नम्बर ३ का वडाध्यक्ष वासु बस्नेत, १९ नम्बरका वडाध्यक्ष श्याम घिमिरे, एन्फाका पूर्वमानार्थ उपाध्यक्ष सन्तोष बानियाँ, सम्राट स्पोर्टिङ क्लबका अध्यक्ष किरण गिरी, विराट मेडिकल कलेजका सिइओ डा. निकिता कार्की, आइटीएफ तेक्वान्दोका अध्यक्ष प्रवीण कार्कीलगायतले खेलाडीलाई पुरस्कार प्रदान गरे ।

सो अवसरमा पोखरियाका बालबालिकालाई खेलकुदमा लाग्नका लागि अभिप्रेरित गर्ने उद्देश्यले ४० थान फुटबल वितरण गरिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.