बर्दियामा नक्कली सरकारी कार्यालय, श्रीमानश्रीमती पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २८, बिहीबार १५:३०

काठमाडौं । बर्दियामा नक्कली सरकारी कार्यालय खाेलेर ठगी गरेकाे आराेपमा दुई जना पक्राउ परेका छन् ।  ठाकुरबाबा नगरपालिका–३ बगनाहा बजारमा नक्कली सरकारी कार्यालय सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक दम्पती पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार ठाकुरबाबा नगरपालिका–३ मा रहेको एक घरमा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग, ठाकुरबाबा न.पा.–३, बर्दिया, टिकापुर, लम्की’ नामबाट कार्यालय सञ्चालन गरिएको थियो । उक्त कार्यालयमार्फत विभिन्न व्यक्तिलाई सरकारी कर्मचारीमा नियुक्ति गरिदिने, काममा लगाइदिने तथा मजदुरी गराउने नाममा ठगी गरिएको आरोप छ ।

Advertisement

अनुसन्धानका क्रममा कार्यालय सञ्चालकले स्थानीय व्यक्तिहरूलाई कर्मचारीका रूपमा नियुक्ति दिएको, विभिन्न मजदुरी काममा लगाएको तर ज्याला भुक्तानी नगरेको खुलेको प्रहरीले जनाएको छ । साथै कार्यालय सञ्चालन गरिएको घरका धनीलाई घरको तल्ला थप्न लगाई निर्माण कार्य गराए पनि रकम भुक्तानी नगरेको आरोप समेत लागेको छ ।

सम्बन्धित घरधनीबाट जाहेरी दरखास्त प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा आरोपितले आफैं सरकारी कागजात तथा छाप तयार गरी हस्ताक्षर र नियुक्तिपत्रमा प्रयोग गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
उपराष्ट्रपति यादव र कोशीका प्रदेश प्रमुख खापुङबीच भेटवार्ता
उपराष्ट्रपति यादव र प्रदेश प्रमुख खापुङबीच भेटवार्ता
विराटनगरमा ‘सीप उत्सव २०८३’ हुँदै 
विराटनगरकाे ट्राफिक चाेकबाट ११९ ग्राम खैरो हिरोइनसहित दुई युवक पक्राउ
रास्वपा प्रदेश सभापतिमा राई निर्वाचित
रास्वपा नेतृ तामाङकाे स्टाटस : ‘आजबाट राजनीतिक बिट मारे’
बर्दियामा नक्कली सरकारी कार्यालय, श्रीमानश्रीमती पक्राउ
अधिकारी सुनचाँदी पसलमा ठगी, मिलाउने जिम्मा लिएका भूमी आयाेग पूर्वअध्यक्षसँग प्रशासनले लियाे बयान
रास्वपा कोशी प्रदेश अधिवेशन : केन्द्रको निर्देशन विपरीत प्यानल बन्यो, आज मतगणना
  सुनको मूल्य घट्यो 
बजारमा सुनचाँदीको मूल्य ओरालो लाग्दै 
ताप्लेजुङमा ‘अलैँची महोत्सव’ हुँदै 
ताप्लेजुङमा ‘अलैँची महोत्सव’ हुँदै 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.