
धनगढी। कैलालीमा च्याउ टिप्न गएका दुई महिलालाई बाढीले बगाएको छ । गएरातिकाे अविरल वर्षासँगै गोदावरी नदीमा आएको बाढीमा गोदावरी नगरपालिका वडा नं. ४ का २ जनालाई बगाएको हाे ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक हिरासिंह महराका अनुसार गाेदावरी- ४ की ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउँदलाई खोलाले बगाएको हाे ।
शुक्रबार बिहान च्याउ टिप्न जंगल गएकाे बेला बाढीमा बगेका दुई मध्ये धमलाकाे शव फेला परेकाे उनलेे बताए ।



















