सशस्त्रमा प्रवक्ता परिवर्तन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३०, शनिबार १०:५९

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले आफ्नो प्रवक्ता तथा सूचना अधिकारी परिवर्तन गरेको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) नेत्रबहादुर कार्कीलाई नयाँ प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

यसअघि उक्त जिम्मेवारी सम्हाल्दै आएका डीआईजी विष्णुप्रसाद भट्टको सरुवा भएपछि प्रवक्ताको जिम्मेवारी कार्कीलाई हस्तान्तरण गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । भट्टलाई सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयमा सरुवा गरिएको छ । त्यससँगै संगठनले कार्कीलाई प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी दिएको हो ।

Advertisement

सशस्त्र प्रहरी बलको गतिविधि, निर्णय तथा सार्वजनिक सरोकारका विषयमा आधिकारिक जानकारी प्रवाह गर्ने जिम्मेवारी प्रवक्ता तथा सूचना अधिकारीको हुन्छ । नयाँ जिम्मेवारी पाएसँगै अब सशस्त्र प्रहरी बलसँग सम्बन्धित आधिकारिक धारणा तथा सूचनाहरू कार्कीमार्फत सार्वजनिक हुनेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.