
विराटनगर । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुार सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको छ । भाउ बढेसँगै सुन प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सुनको मूल्य आइतबार प्रतितोलाको २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ सय २० रुपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदीको मूल्य प्रतितोला ५ हजार १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

























