
काठमाडौं । सीमा विवाद सम्बन्धि प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति कहिले हटाउनुहुन्छ भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सभामुख डीपी अर्यालको ध्यानाकर्षण गराएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्ति कहिले हटाउने भन्दै प्रश्न गरेका हुन् ।
उनले प्रधानमन्त्रीले पनि संसदमा आएर जवाफ दिने आशामा आफू रहेको बताए । सुस्तामा भारतीय सुरक्षा फौज एसएसबी छिरेर आतङ्कित बनाउने गतिविधि भइरहेको भन्दै त्यसको विरोधमा माइतीघरमा युवाहरूले विरोध गर्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेर मुद्दा दायर गर्न लागेकोमा आपत्ति जनाए । यस विषयमा उनले गृहमन्त्रीको ध्यानाकर्षणसमेत गराए ।सांसद राईले विद्यार्थीका मोबाइल खोसेर पानीमा डुबाएर मोबाइलको हत्या गर्नेलाई नसिहत दिन तथा कैलालीमा टेम्पो गुल्टाउनेमाथि आवश्यक कारबाही गर्न माग गरे ।

























