लायन्स क्लब अफ विराटनगर एक्टिभको अध्यक्षमा अनिल बराल 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १, सोमबार १२:२२
लायन्स क्लब अफ विराटनगर एक्टिभको अध्यक्षमा अनिल बराल 

विराटनगर । लायन्स क्लब अफ विराटनगर एक्टिभको नयाँ नेतृत्व चयन भएको छ । क्लबको हालै सम्पन्न अधिवेशनले अनिल बरालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा धन थापा कार्की, द्वितीय उपाध्यक्षमा डिलमाया अधिकारी र तृतीय उपाध्यक्षमा वेदकुमार खत्री चयन भएका छन् ।

Advertisement

त्यसैगरी, क्लबको सचिवमा घनश्याम काफ्ले, सहसचिवमा सन्तोष पोद्दार, कोषाध्यक्षमा सतिशकुमार कर्ण र सहकोषाध्यक्षमा किशोर घिमिरे निर्वाचित भए ।

समितिको सदस्यता वृद्धि संयोजकमा फडिन्द्र थापा, सेवा विस्तार संयोजकमा रिंकुकुमारी पोद्दार, एलसीआईएफ संयोजकमा गणेशकुमार साह र मार्केटिङ संयोजकमा दिपेश चौधरी रहेका छन् । नवनिर्वाचित यस कार्यसमितिको कार्यकाल सन् २०२६/२७ का लागि एक वर्षको रहने छ ।

विराटनगरमा आयोजित एक विशेष समारोहका बीच नवनिर्वाचित पदाधिकारीहरूको पदभार ग्रहण तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष बरालले क्लबको गरिमालाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘अग्रजहरूको सल्लाह र सुझावलाई मार्ग दर्शनका रूपमा लिँदै आगामी दिनमा समाज सेवाका प्रभावकारी कार्यक्रममार्फत क्लबलाई अझ सक्रिय र उचाइमा पुर्‍याउने मेरो मुख्य लक्ष्य रहने छ ।’

कार्यक्रममा लायन्सका विभिन्न नेतृत्वदायी व्यक्तित्वहरू, क्लबका सदस्यहरू र समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.