न्युजिल्यान्डले अग्रता जोगाउन नसक्दा इरानसँग बराबरी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २, मंगलबार ०९:१४

अमेरिका । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा न्युजिल्यान्डले दुई पटकको अग्रता जोगाउन नसक्दा इरानसँग २–२ गोलको बराबरी खेलेको छ।

अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस स्टेडियममा मंगलबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा न्युजिल्यान्ड सुरुदेखि नै प्रभावशाली देखिएको थियो । आक्रामक रणनीतिका साथ मैदान उत्रिएको न्युजिल्यान्डले खेलको नियन्त्रण आफ्नो पक्षमा राख्दै दुई पटकसम्म अग्रता बनाउन सफल भयो । तर, इरानले हार नमान्ने खेल प्रस्तुत गर्दै दुवै पटक उत्कृष्ट पुनरागमन गर्‍यो ।

Advertisement

न्युजिल्यान्डको रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै इरानी खेलाडीहरूले बराबरी गोल फर्काएपछि खेल २–२ को नतिजामा टुंगियो । जित नजिक पुगेको न्युजिल्यान्ड अन्तिमसम्म अग्रता कायम राख्न असफल हुँदा अंक बाँड्न बाध्य बन्यो । बराबरीसँगै समूह चरणको पहिलो खेलबाट दुवै टोलीले एक–एक अंक जोडेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.